जिएमई रेमिटको ब्राण्ड एम्बेसडरमा कलाकार सागर लम्साल

  २०७९ पुष ७ गते १८:५५     विकासन्युज

काठमाडौं । जिएमई रेमिटको ब्राण्ड एम्बेसडरमा कलाकार सागर लम्साल (बले) नियुक्त भएका छन ।

रेमिटको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा जिएमईको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल तथा कलाकार लम्सालले हस्ताक्षर गरेका छन ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै जिएमईका प्रबन्ध निर्देशक दिवाकर पौडेलले सागर लम्साललाई ब्राण्ड एम्बेसडर नियुक्त गर्न पाउँदा खुसी महशुस गरेको बताए ।

यस्तै, कम समयमै थप आकर्षण सहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको जिएमईका प्रमुख व्यवासाय अधिकृत बद्री कटवालले बताए ।

कलाकार सागर लम्साल बले पात्रबाट चर्चित छन । उनी अहिलेको चर्चित हाँस्य टेलिशृखंला सक्किगोनीमा प्रमुख पात्र को रुप मा अभिनय गर्छन । करिब १० बर्षदेखि उनी कलाकारिता क्षेत्रमा सक्रिय छन । टेलिसिरियल बाहेक म्युजिक भिडियोमा पनि उनी उत्तिकै रुचाइएका कलाकार हुन ।

जिएमई रेमिटले विगत १० वर्षदेखि रेमिट्यान्स सेवा दिँदै आएको छ । देशभर रेमिटले करिब २० हजार एजेन्टमार्फत रकम भुक्तानीको सेवा प्रदान गर्दै आएको छ साथै तत्काल भुक्तनी लिन मिल्ने गरी जुन सुकै बैंक तथा बित्तीय संस्था मा पनि रकम जम्मा गर्ने सुविधा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.