नारायणी अस्पतालमा १५ शैय्याको आकस्मिक डायलासिस सेवा सञ्चालनमा

  २०७९ पुष ७ गते ९:३१     विकासन्युज

पर्सा । पर्साको वीरगञ्जस्थित सरकारी स्वामित्वमा रहेको नारायणी अस्पतालमा आकस्मिक डायलासिस सेवा सञ्चालनमा आएको छ ।

राउण्ड टेबल नेपालको समन्वय र सिद्धार्थ बैंकको आर्थिक सहयोगमा अस्पतालमा १५ शैययाको डायलासिस सेवा सञ्चालनमा आएको हो । आइसियु कक्षका लागि भवन निर्माण गरी  डायलासिस सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्र प्रधानले जानकारी दिए ।

नियमित सेवा लिइरहेका बिरामीको अवस्था जटिल बनेमा आकस्मिक डायलासिस कक्षमा उपचार गरिने छ । साथै निमोनियालगायत रोगका कारण एक्कासि मिर्गौलामा असर परेका बिरामीको समेत उपचार गरिने डा. प्रधानले बताए ।

आकस्मिक डायलसिस सेवा लिनेले केही शुल्क तिनुपर्ने र शुल्कबापत डायलासिस गर्ने क्रममा चाहिने विभिन्न सामग्री अस्पतालले नै प्रदान गर्ने डा. प्रधानले बताइन् । यसबाहेक नियमित डायलासिस गर्न आउने दीर्घ मिर्गौला रोगीको हकमा अन्य बेलाजस्तै निःशुल्क सेवा दिने उनको भनाइ छ । निजी अस्पतालले आकस्मिक डायलसिस सेवाको १० हजारदेखि १२ हजार शुल्क लिने गरेका छन् । नारायणी अस्पतालले जम्मा पाँच हजार शुल्क तोकेको छ । पन्ध्र शैयया रहेको आकस्मिक डायलसिसमा दुई शैयया एचआइभी सङ्क्रमितका लागि छुट्याइएको छ ।

अहिले नारायणी अस्पतालमा २० देखि २२ वटा डायलसिस मेसिन छन् । यी सबै मेसिन २४ घण्टा तीन सिफ्ट गरी सञ्चालनमा आएमा ४० जनासम्मको दैनिक डायलासिस गर्न सकिने डा. प्रधानले बताइन् ।  उनले भवन निर्माणका लागि सिद्धार्थ बैंकले ५५ लाख र अन्य सहयोगी दाताबाट पाँच लाख सहयोग गरी कूल ६० लाखमा डायलासिस सेवा सञ्चालनमा आएको बताइन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.