लाभांश र मर्जर प्रस्ताव पारित गर्न प्राइम बैंकले बोलायो साधारण सभा

  २०७९ पुष ७ गते ९:०७     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले १५ औं वार्षिक साधारण सभा पुस २८ गते बिहान ११ बजे कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा बोलाएको हो । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले आफेनो वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

बैंकको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र बैंकमा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा २ जना र संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ५ जनाको निर्वाचन, मनोनयन वा नियुक्ति गर्नेछ ।

बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरण पश्चात् चुक्ता पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्नेछ ।

कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज गर्न आवश्यक सम्पूर्ण प्रक्रिया सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्नेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र बैंकको साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.