द ब्रिटिस कलेजका विद्यार्थी र कर्मचारीलाई उपकेयरले स्वास्थ्य सेवा दिने

  २०७९ पुष ६ गते १६:००     विकासन्युज

काठमाडौं । द ब्रिटिस कलेज र युकेको उपकेयर हेल्थ लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता अनुसार अब उपकेयरले द ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी र कार्यरत कर्मचारीहरुलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।

उपकेयर हेल्थकेयरकी सिइओ र सह–संस्थापक डा. सुमित्रा काफ्लेले ब्रिटिश कलेजसँग काम गर्न पाउँदा निकै उत्साहित भएको बताइन् ।

बेलायतमा रहेको उपकेयरले दक्षिण एसियामा प्राथमिक स्वास्थ्य सेवालाई रूपान्तरण गर्न क्रान्तिकारी डिजिटल प्लेटफर्म प्रयोग गर्दै आइरहेको छ । यो संस्था ब्रिटिस चिकित्सक र इन्जिनियरहरुले समतामूलक, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्थापना गरेका हुन् ।

उपकेयरले बिरामी–केन्द्रित र व्यापक र आर्टिफिसियल इन्टेलिजेन्समार्फत संचालित डिजिटल स्वास्थ्य प्लेटफर्मको विकास गरेको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.