सानिमा लाइफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति पाइन्छ ?

  २०७९ पुष ६ गते ८:२९     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक जीवन (रेगुलर) बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने भएको छ ।

यस्तै, सावधिक जीवन (एकल) बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दर प्रदान गर्ने भएको हो ।

यस्तै, त्रिपल सावधिक बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनस दर तोकिएको छ ।

यस्तै, कम्पनीको दम्पत्ति सावधिक बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ बोनस दर प्राप्त गर्न सकिनेछ ।

यस्तै, सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ ।

यस्तै, अग्रिम भुक्तानी बीमा योजनामा बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ४१ रुपैयाँसम्म बोनस दर निर्धारण गरिएको छ ।

वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम २१ रुपैयाँसम्म बोनस दर तोकिएको छ ।

कम्पनीले सार्वजनिक गरेको बोनस दर मृत्यु दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालु बीमालेखहरुमा लागू हुने जनाएको छ । साथै, कम्पनीका अनुसार आगामी बीमाङ्कीय मूल्याङकन नभएसम्मका लागि सोही बोनस दर लागूहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.