त्रिपुरेश्वरदेखि बूढानीकलण्ठसम्म इन्टरनेट काटिने, प्राधिकरणले दियो चेतावनी

  २०७९ पुष ५ गते ११:२५     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले त्रिपुुरेश्वरचोकदेखि बूढानीलकण्ठसम्मका अव्यवस्थीत तार काट्ने चेतावनी दिएको छ ।

प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै पुस ११ गतेभित्र सेवा प्रदायक कम्पनीले पोलमा राखेको तार नहटाए प्राधिकरण आफैले हटाउने चेतावनी दिएको हो ।

प्राधिकरणले पहिलो चरणमा त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, केशरमहल, लाजिम्पाट, नारायणगोपाल चोक र बुढानीलकण्ठ क्षेत्रका पोलमा राखिएको तार हटाउने जनाएको छ ।

प्राधिकरणले यसअघि कात्तिक १५ गते र मंसिर १८ गते सूचना प्रकाशन गरी तार हटाउन आग्रह गर्दा समेत हालसम्म सेवा प्रदायक संस्थाहरुबाट तार व्यवस्थापन नभएको भन्दै आफै हटाउने चेतावनी दिएकोे हो ।

प्राधिकरणले नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा १९ (ख) बमोजिम प्राधिकरण आफैँले पुस ११ गतेदेखि हटाउन लागेको जनाएको छ ।

प्राधिकरणले तार काट्दा हुने नोक्सानीका लागि प्राधिकरण जिम्मेवार नहुने समेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.