द ब्रिटिस कलेजमा नयाँ आइटी प्रोग्राम, भर्ना गर्ने पहिलो ३० जना विद्यार्थीलाई छात्रवृत्ति

  २०७९ पुष ४ गते १९:३३     विकासन्युज

काठमाडौँ । बेलायतको किल् विश्वविद्यालयसँगको साझेदारीमा द ब्रिटिस कलेजले ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ प्राेग्राम लञ्च गर्न लागेको हो ।

यो प्रोग्राम द ब्रिटिस कलेजको सहायक संस्था द ब्रिटिस इन्टरनेशनल कलेजद्वारा सञ्चालन गराइनेछ । यो कोर्सका लागि आवेदन दिने पहिलो ३० आवेदकहरुलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजले जनाएको छ । कलेजको अनुसार यो अफर जनवरी महिनासम्म मात्र हुनेछ ।

किल् विश्वविद्यालयको यो कोर्स निकै एडभान्स तरिकाले डिजाइन गरिएकाले विद्यार्थीहरुका लागि निकै फलदायी हुने कलेजले जनाएको छ । यो कोर्सले विद्यार्थीहरुलाई कम्प्युटर साइन्सको विभिन्न क्षेत्र (प्रोग्रामिङ ल्याङग्वेयज, अल्गोरिदम्स, डेटा साइन्स, कम्प्युटर आर्किटेक्चर, र सफ्टोयर इन्जिनियरिङ) लाई समेट्ने कलेजले जनाएको छ ।

किल् विश्वविद्यालय युकेमा अध्ययनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । ७० वर्षदेखि विश्वभर यस विश्वविद्यालयको धेरै संस्थाहरुसँग पार्टनरसिप रहेको छ । स्टुडेन्ट क्राउड अवार्डस् २०२२ मा विद्यार्थीहरुबाट यो विश्वविद्यालयलाई प्रथम स्थानमा राखिएको थियो ।

यस विश्वविद्यालयले अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउँदै आइरहेको छ । कलेजकाे अनुसार यस संस्थामा अध्ययनरत गर्ने विद्यार्थीहरुले इन्टर्नसिप र व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन् ।

ब्रिटिस कलेजका सिइओ राजन कँडेलले किल् विश्वविद्यालयसँग पार्टनरसिप गर्न पाउँदा उत्साहित भएकाे बताए । ‘नयाँ शैक्षिक कार्यक्रमहरुले विद्यार्थीहरुको ज्ञान र सिपको विकास गर्ने कुरामा हामी प्रष्ट छौँ, यसले समाजलाई ‘डिजिल ट्रान्सफमेसन’ गर्न सहयोग गर्नेछ,’ उनले भने ।

 

One comment on "द ब्रिटिस कलेजमा नयाँ आइटी प्रोग्राम, भर्ना गर्ने पहिलो ३० जना विद्यार्थीलाई छात्रवृत्ति"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.