काभ्रेको खोपासीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  २०७९ पुष ४ गते १७:१९     विकासन्युज

काठमाडौं । काभ्रेको खोपासीमा २ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्ट्रल, सहयोगी महिला जागरण मञ्च, कल्पना फाउन्डेसनको सँयुक्त आयोजना तथा लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड वेष्टको समन्वयमा उक्त शिविर सँचालन गरिएको हो ।

शिविरमा १ सय ८० जनाल वाथ तथा नशा रोग सम्बन्धि स्वास्थ्य जाँच गराए ।

काभ्रे खोपासीमा रहेको सहारा जेष्ठ नागरिक समाजको भवनमा नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजको प्राविधिक सहयोगमा शिविर सँचालन भयो ।

उक्त शिविरमा नेशनल बाथरोग सेन्टरबाट निःशुल्क रुपमा ल्याब परीक्षणको साथै वरिष्ठ चिकित्सकबाट बाथरोग र नशारोगको उपचारबारे पनौंती १० का स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परामर्स दिनुका साथै स्थानीय वासिन्दाहरुलाई स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो ।

उक्त शिविरमा लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्ट्रलका अध्यक्ष युवराज श्रेष्ठले सहयोगी विभिन्न संघ सँस्था तथा व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

यस्तो खालको कार्यक्रमहरु हरेक ६/६ महिनामा गरिने आयोजक लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्ट्रलका निवर्तमान अध्यक्ष रोशन श्रेष्ठले बताए ।

दिनदुखी तथा असक्त ग्रामिण वासिन्दाहरुलाई परेको स्वास्थ्य सम्बन्धी समस्यामा सहयोग गर्न पाउँदा आफुलाई निक्कै गौरव महसुस भएको आयोजक सहयोगी महिला जागरण मञ्चकी अध्यक्ष राधा श्रेष्ठले बताइन् ।

सहारा जेष्ठ नागरिक समाजका अध्यक्ष भरतराज शर्माले यो शिविरका आयोजकहरुलाई माला पहिराई सम्मान गर्दै, निःशुल्क स्वास्थ्य शिविरमा निक्कै टाढा टाढाको ग्रामिण वृद्धवृद्धाको सहभागिता भएकाले पनि शिविर निकैं सफल भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.