सेञ्चुरी बैंकको ४.७५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन

  २०७९ पुष ४ गते ७:१०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेञ्चुरी बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ४.७५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएका हो ।

नेप्सेले प्रतिकित्ता १७६.६१ रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । नेप्सेले अन्तिम कारोबार मूल्य १८५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । सोही मूल्यका आधारमा सोमबार नेप्सेमा कारोबार हुनेछ ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पौष १४ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजे वार्षिक साधारण सभा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.