नबिल इन्भेष्टमेन्ट बैंकिंङ र नेपाल बंगलादेश क्यापिटलबीच एकिकृत कारोबार सुरु

  २०७९ पुष १ गते १५:२५     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिंङले एकिकृत कारोबार सुरु गरेको छ । एक आपसमा गाभिई दुई कम्पनीले शुक्रबार पुस १ गतेबाट एकिकृत कारोवार सुरु गरेको हो ।

यी संस्थाका प्रवर्धक नबिल बैंकले एनबी बैंकलाई प्राप्ती गरेपश्चात् भाद्र २१, २०७९ मा दुई संस्थाबीच सैद्धान्तिक सहमति भई संयुक्त मर्जर कमिटी गठन गरिएको थियो । त्यसपछि, मंसिर १८ मा दुवै संस्थाले आ–आफ्नो विशेष साधारण सभा गरी एक आपसमा गाभ्ने गाभिने सम्बन्धि एजेन्डा पारित गरेको थियो ।

विशेष साधारण सभाबाट अनुमोदित निर्णय सहित दुवै संस्थाबाट एकिकृत कारोबारका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन पेश गरिएको थियो ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरेको निवेदनबाट एकिकृत कारोवारको लागि स्विकृति प्राप्त भए पश्चात् गत मंसिर २७ गते कम्पनीको संचालक समितिले पुस १ गतेबाट एकिकृत कारोबार गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.