सिद्धार्थ बैंकले पायो ‘सेकेण्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड

  २०७९ मंसिर २९ गते ८:३९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक ‘सेकेण्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको सातौं न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवाड्र्समा बैंकलाई ‘सेकेण्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्डले सम्मान गरिएको हो ।

कम्पनीले प्रदान गरेको उक्त अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले ग्रहण गरेका थिए । ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई उक्त अवार्डले थप मजबुत बनाउने र आगामी दिनहरुमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न प्रेरित गरेको बस्यालले बताए ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १९३ वटा शाखा, ४ एक्स्टेन्सन् काउन्टर सहित, २१५ वटा एटिएम, ११८ शाखारहित बैंकिङ्ग सेवा र १ हजार ८ सयभन्दा बढी पिओएस मेसिन मार्फत सेवा प्रदान गरिरहेको छ ।

बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिंदै आएको छ । सुरक्षित तरिकाले अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न, डेबिट र क्रेडिट कार्ड लगायतका सुविधाहरु सरल प्रदान रुपमा गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.