विजय र नयाँ सारथी लघुवित्त मर्ज हुने, चार सेयरधनीको सेयर कारोबार रोक्का

  २०७९ मंसिर २७ गते १२:१७     विकासन्युज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । जसको लागि दुई संस्थाबीच मंसिर २६ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यससँगै उक्त मर्जर प्रकृया सम्पन्न नभएसम्म यी कम्पनीको आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का हुने भएको छ । हाल विजय लघुवित्त वित्तीय संस्थाको आधारभूत सेयरधनीमा वित्तीय संस्थासहित ४ वटाको सेयर लगानी छ ।

आधारभूत सेयरधनीमध्ये गुडविल फाइनान्सको २१.४३ प्रतिशत अर्थात ६ लाख ८५ हजार ७१४ कित्ता, बसन्त राज लम्सालको १.९७ प्रतिशत अर्थात ६२ हजार ९७० कित्ता, सगेन्द्र तिवारीको १.४३ प्रतिशत अर्थात ४५ हजार ७१४ कित्ता र विश्वनाथ पौड्यालको १.०७ प्रतिशत अर्थात ३४ हजार २८५ कित्ता सेयर लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.