हुन्डाईको विद्युतीय सवारीका लागि ५ दिने ब्याट्री चेकअप क्याम्प हुँदै

  २०७९ मंसिर २६ गते १७:१३     विकासन्युज

काठमाडौं । हुन्डाईको विद्युतीय सवारीका लागि ५ दिने हुन्डाई इभी हाई भोल्टेज ब्याट्री चेकअप क्याम्प हुने भएको छ ।

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले मंसिर २६ देखि पुस १ गते सम्म आफ्ना विद्युतीय सवारीका ग्राहकहरूका लागि उक्त क्याम्प आयोजना गर्न लागेको हो ।

यो क्याम्प प्रशिक्षित प्राविधिकहरू र अत्याधुनिक उपकरणहरूको सहयोगले सवारीधनीलाई आफ्नो सवारीको प्राविधिक अवस्थाहरु र ब्याट्रीको अवस्थाबारे जान्न मद्दत गर्ने उद्धेश्यले आयोजना गरिएको कम्पनीले जनाएको छ ।

यो अभियानले कोना र आयोनिक लाइन अपका ३०० भन्दा बढी ग्राहकहरूलाई फाइदा पुग्ने कम्पनीले बताएको छ । त्यस्तै, क्याम्पमा कम्पनीले ब्याट्रीको आयु बढाउन र सवारीको पूर्व जाँच गर्न ग्राहकहरुलाई विभिन्न सुझावहरू प्रदान पनि गर्ने जनाएको छ ।

देशैभरी ४० भन्दा बढी चार्जिङ स्टेसनको स्थापना र १७ वटा शोरुम सहित हुन्डाईले विद्युतीय सवारी साधनमा पहुँच बढाउँदै प्रयास गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.