सनराइज बैंकका सेयरधनीले लाभांश नपाउने

  २०७९ मंसिर २६ गते १०:१५     विकासन्युज

काठमाडौं । सनराइज बैंकका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएसँगै सेयरधनीले लाभांश नपाउने भएका हुन् ।

मंसिर २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

बैंकले अघिल्लो वर्ष अर्थात २०७७/७८ को नाफाबाट भने सेयरधनीलाई ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.