ग्वार्को-सातदोबाटोको ट्राफिक व्यवस्थापन डेढ वर्ष प्रभावित हुनसक्ने

  २०७९ मंसिर २३ गते १७:१९     विकासन्युज

काठमाडाैं । ललितपुरको ग्वार्को चोकमा शुक्रबारदेखि सुरु भएकाे फ्लाइ ओभर निर्माणले उक्त क्षेत्र डेढ वर्ष प्रभावित हुने बताइएकाे छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (प्रहरी वरिष्ठ उपरिक्षक) राजेन्द्रप्रसाद भट्टले फ्लाइ ओभर निर्माणले ग्वार्काे क्षेत्रकाे ट्राफिक  बताएका छन् ।

सवारी साधन व्यवस्थापनमा अहिले नै समस्या हुने र सबै सवारी साधन सहायक लेनबाट चलाउँदा चाप अति भएर थेग्न गाह्रो हुनसक्ने उनले बताए । ‘पिलर उठाउने समयमा खाल्डा खन्नुपर्ने हुँदा मुख्य सडक पूरै अवरुद्ध हुने देखिएको छ, अबको डेढ वर्षमा यो खण्डमा प्रभाव पर्ने देखिन्छ,’ उनले भने ।

भट्टले निर्माणका क्रममा बीचको मुख्य लेन पूरै अवरोध हुने उनले बताए । ‘निर्माणका क्रममा बीचको मुख्य लेन पूरै अवरोध हुने अवस्थामा सर्भिस लेनबाट नै सबै सवारी साधन पठाउनुपर्ने हुनसक्छ,’ उनले भने । 

ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १६ महिनाभित्र सक्ने लक्ष्य रहेकाे सडक विभाग अन्तर्गतकाे गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारीले बताए । । आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले पाएकाे छ ।

ललितपुरको ग्वार्को चोकमा शुक्रबारबाट फ्लाइ ओभर निर्माण कार्य शुरु भएकाे छ । साे क्षेत्रमा फ्लाइ ओभर निर्माण कार्य शुरु भएसँगै बिहानैदेखि उक्त क्षेत्रमा ट्राफिक जाम बढेकाे छ । साे क्षेत्रमा भएकाे ट्राफिक जामले अन्य ठाउँ पनि प्रभावित बनेका छन् ।

आरसी, समानान्तर र रेलिग्रेले ठेक्का पाएकाे फ्लाइओभर निर्माणको काम १६ महिनाभित्र सक्ने लक्ष्य रहेकाे सडक विभाग अन्तर्गतकाे गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी साैरभ बज्रचार्यले बताए ।

भट्टले हालका लागि बल्खुबाट सातदोबाटो र बालकुमारीबाट सातदोबाटोसम्मको सडक खण्डमा सवारी साधनलाई विभाजन गरी चल्न दिइएको बताए ।

उनका अनुसार भारी सवारी साधान र दुई पाङ्ग्रे सवारी साधनलाई सहायक लेनबाट चल्न दिइने छ भने र हलुका सवारी साधन मुख्य लेनमा चल्न दिइने छ । चीन सरकारले विस्तार गरेको चक्रपथको सो खण्डको बीचमा चार लेन ‘एक्प्रेस रोड’ र छेउमा दुई/दुई लेन सहायक सडक छन् ।

फ्लाइ ओभर निर्माण कार्य शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.