बीमा कम्पनीले पोलिसी नवीकरणबाटै उठाए पौने ३७ अर्ब बढी, कुनले कति ?

  २०७९ मंसिर २० गते १८:४०     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमालेख नवीकरणबाट मात्रै ३७ अर्ब ८९ करोड ४२ लाख रुपैयाँ संकलन गरेका छन् । सञ्चालित १९ जीवन बीमा कम्पनीले चालु आवको चार महिनामा सो मात्राको रकम बीमा पोलिसी नवीकरणबाट उठाएका हुन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरुले पछिल्लो एक महिनामै ८ अर्ब २१ करोड २९ लाख रुपैयाँ बीमा पोलिसी रिन्यु गरेवापत उठाएका छन् । असोजसम्ममा कम्पनीहरुले उक्त शीर्षकमा २८ अर्ब ६८ करोड १३ लाख रुपैयाँ संकलन गरेका थिए ।

सञ्चालित १९ कम्पनीमध्ये १० कम्पनीले अर्बौं बढी रुपैयाँ पुराना बीमा पोलिसी नवीकरण गरेरै उठाएका छन् । जसमध्ये नेपाल लाइफले नवीकरणबाट सर्वाधिक रकम उठाएको छ । कम्पनीले चार महिनामा ११ अर्ब १४ करोड रुपैयाँ बराबरको रकम संकलन गरेको हो ।

त्यस्तै, नवीकरणबाट बढी रकम उठाउनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) दोश्रोमा रहेको छ । कम्पनीले साउनदेखि कार्त्तिकसम्ममा ५ अर्ब ८ करोड ७४ लाख रुपैयाँ नवीकरणबाट मात्रै संकलन गरेको छ ।

त्यस्तै, उक्त शीर्षकमा एक अर्ब बढी रकम संकलन गर्नेमा अन्य ८ कम्पनी रहेका छन् । जसमा नेशनल लाइफले ४ अर्ब ४० करोड, आईएमई लाइफले २ अर्ब ९ करोड, एशियन लाइफले १ अर्ब ८३ करोड, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ३० करोड, मेट लाइफले एक अर्ब ३० करोड, प्राइम लाइफले १ अर्ब २७ करोड, सूर्या लाइफले १ अर्ब १८ करोड, सिटिजन लाइफले एक अर्ब २२ करोड रुपैयाँ जीवन बीमा पोलिसी रिन्यु मार्फत आर्जन गरेका हुन् ।

त्यस्तै, अन्य ९ कम्पनीले करोडौं रकम बीमालेख नवीकरणबाटै आर्जन गरेका छन् । जसमध्ये अधिकांश नयाँ जीवन बीमा कम्पनीहरु रहेका छन् ।

बीमा प्राधिकरणका अनुसार गुराँस लाइफले ८७ करोड १९ लाख, आईएमई लाइफले ८३ करोड ८२ लाख, रिलायन्स लाइफले ७७ करोड ९८ लाख, ज्योति लाइफले ७७ करोड ४६ लाख, रिलायबल नेपाल लाइफले ६७ करोड ७२ लाख, सन नेपालले ६५ करोड ९९ लाख, सानिमा लाइफले ५४ करोड २३ लाख, प्रभु लाइफले ५१ करोड ९ लाख र महालक्ष्मी लाइफले ३६ करोड ७६ लाख रुपैयाँ बीमापोलिसी नवीकरणबापत संकलन गरेका हुन् ।

पछिल्लो समय बीमा कम्पनीहरुले व्यतित बीमालेखमा केही प्रतिशत व्याज छुट दिने भएसँगै बीमितहरुले धमाधम पुराना बीमा पोलिसीहरु रिन्यु गरेका हुन् । कम्पनीहरुले सीमित अवधिका बीमितहरुलाई बीमालेख नवीकरण गर्दा सीमित अवधिसम्मको लागि छुट दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.