प्रिमियर इन्स्योरेन्सले मध्य भोटेकोशीलाई भुक्तानी गर्यो एक अर्ब ३४ करोड रुपैयाँ

  २०७९ मंसिर १९ गते १५:४७     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई एक अर्ब ३४ करोड ७९ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सले उक्त जलविद्युतमा भएको हानी नोक्सानीको क्षतिपूर्ति बापत उक्त जलविद्युत कम्पनीलाई सो बराबरको रकम भुक्तानी गरेको हो ।

‘उक्त जलविद्युत आयोजना निर्माण स्थल भोटेकोशी नदीमा अविरल वर्षा तथा बाढीले भएको हानी नोक्सानीको क्षतिपूर्ति बापत एक अर्ब चौतीस करोड उनासी लाख छयालीस हजार आठ सय एकहत्तर रुपैयाँ (अमेरिकी डलर १ करोड ३ लाख ३५ हजार ४३० र ७० सेन्ट मात्र) बराबर भुक्तानी गरिएको छ,’ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारीले बताए ।

उनका अनुसार इन्स्योरेन्सले मंसिर १९ गते भुक्तानी गरेको हो । एन्डन्ट्ज हाइड्रो प्रा.लि तथा मध्य भोटेकोशी जलविद्युत कम्पनीले प्रिमियर इन्स्योरेन्समा इरेक्सन अल रिस्क बीमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.