बजेटको कार्यान्वयन सन्तोषजनक भएन, पूर्व तयारी पुगेन : पूर्व अर्थसचिव मरासिनी

  २०७९ मंसिर १६ गते १८:३३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव तथा पूर्व अर्थसचिव मधुकुमार मरासिनीले बजेट सन्तोषजनक रुपमा कार्यान्वयन नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा परिसंघले आयोजन गरेको कार्यक्रममा उनले बजेट कार्यान्वयनको क्षमता कम भएको बताएका हुन् ।

उनले पूर्व तयारी नगरेर बजेटमा व्यवस्था गर्दा कार्यान्वयनमा समस्या भएको बताए । उनले बजेट छोटो लेख्नुपर्ने बताए ।

यस्तै, अर्थसचिव मरासिनीले निजी क्षेत्रले पनि विदेशी लगानी ल्याउनमा प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए । ‘निजी क्षेत्रले आएको मात्रै भाग खोज्नु हुँदैन, विदेशी लगानी ल्याउनमा प्रतिस्पर्धा गर्नुपर्छ,’ उनले भने ।

चालू आवकको बजेट सार्वजनिक हुँदा मरासिनी नै अर्थसचिव थिए । अर्थमन्त्री जनार्दन शर्मासँग विवाद भएपछि उनी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयमा सरुवा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.