नेपालमा भिभोको ५ वर्ष पुरा, सुरु गर्यो आकर्षक उपहारसहित सेल्स कार्निभल

  २०७९ मंसिर १६ गते १८:१२     विकासन्युज

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ । विगत पाँच वर्षदखि बजारमा आफ्नो बलियो उपस्थितिको फलस्वरूप, भिभो नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको छ ।

पाचौं वार्षिकोत्सवको उपलक्ष्यमा, भिभोले आफ्ना उपभोक्ताहरूलाई आकर्षक उपहारहरु र विशेष मूल्य कटौतीसहित आफ्नो वार्षिक सेल्स कार्निभल आजबाट सुरु गरेको छ ।

भिभो सेल्स कार्निभल अन्तर्गत ग्राहकहरूले भिभो स्मार्टफोन खरिद गरेर बम्पर लक्की ड्र मा दुई जनाले ४३ इन्चको भिडियोकन स्मार्ट टिभी, हरेक हप्ता एक जनाले भिभो वाई१५सी, हरेक हप्ता दुई जनाले जेबेल्जको स्मार्टवाच, हरेक दिन दुई जनाले नोइज इयरबड र ३० हजारभन्दा माथिको कुनै पनि फोन खरिदमा थप ६ महिनाको वारेन्टी सहित आकर्षक पुरस्कारहरू जित्ने मौका पाउनेछन् ।

ग्राहकहरुले www.vivodashain.com वा भिभोको सामाजिक सञ्जालमा भएको क्यूआर कोर्ड स्क्यान गरेर आवश्यक विवरण पेश गेरेपछि तत्कालै आफूलाई परेको पुरस्कार थाहा पाउन सक्नेछन् ।

पुरस्कार जित्नका साथै, ग्राहकहरूले कार्निभल अवधिभरि केही उत्कृष्ट स्मार्टफोनहरू अझ सुपथ मूल्यमा किन्न सक्छन् जसअन्तर्गत सेल्स कार्निभल अवधिका लागि वाई२१ (४+६४जीवी) को मूल्यमा १००० ले घटाइएको छ ।

त्यस्तै, वाई१५एस र वाई१५सी को मूल्य रु. १५०० ले घटाइएको छ । यससंगै कार्निभल अवधिका लागि वाई२१, वाई१५एस र वाई१५सी को नयाँ मूल्य क्रमशः २१ हजार ९९९ रुपैयाँ, १८ हजार ४९९ रुपैयाँ र १६ हजार ४९९ रुपैयाँ रहेको छ ।

साथै, भिभोले प्रत्येक महिनाको २७ देखि २९ तारिखसम्म ‘भिभो सर्भिस डे’ सुरु गरेकाे छ जहाँ ग्राहकहरूलाई सर्भिसिङ र क्लिनिङ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड, १–घण्टा फ्ल्यास मर्मत, शून्य श्रम लागतमा मर्मत, प्रोटेक्टिभ फिल्म जस्ता सेवाहरू निःशुल्क पाउनेछन् ।

कम्पनीकाे अनुसार यो योजना मंसिर १५ गतेदखि पुष १६ गतेसम्म लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.