नोभेम्बर महिनामा ७० हजार भन्दा धेरै पर्यटक नेपाल आए

  २०७९ मंसिर १५ गते १५:२४     विकासन्युज

काठमाडौं । गत नोभेम्बर महिनामा ७० हजार भन्दा धेरै पर्यटक नेपाल आए । हवाइजहाजको माध्यम प्रयोग गरी नोभेम्बर महिनामा ७२ हजार ६ सय ५३ जना पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

विगतका वर्षहरुको तुलनामा चालु आर्थिक वर्षमा नेपालमा बाह्य पर्यटकको आगमनमा सुधार हुँदै गएको बोर्डको तथ्यांकले देखाएको छ । बोर्डका सूचना अधिकारी मणिराज लामिछानेका अनुसार पर्यटकको आगमनमा सन् २०१९ को तुलनामा ५५ प्रतिशत सुधार भएको छ । उनका अनुसार सन् २०२१ को नोभेम्बरमा २६ हजार १ सय ३५ जना पर्यटक आएका थिए भने सन् २०२० मा जम्मा १ हजार ९ सय ५६ जना आएका थिए ।

सन् २०२२ को जनवरीदेखि नोभेम्बर महिनासम्ममा ५ लाख ४६ हजार २ सय १६ जना पर्यटक आएको बोर्डको तथ्यांकले देखाएको छ । नेपालमा आउने पर्यटक मध्ये सबैभन्दा धेरै भारतीय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.