हिमालयन एभरेष्टले १ हजार ७ सयलाई कोरोना बीमा दाबी भुक्तानी गर्ने

  २०७९ मंसिर १५ गते ८:३५     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कोरोना बीमा दाबी भुक्तानी सुरु गरेको छ । अर्थ मन्त्रालय र बीमा प्राधिकरणको निर्देशन बमोजिम पहिलो दावी गर्नेलाई पहिलो प्राथमिकतामा राख्दै कोरोना बीमा भुक्तानी गर्ने इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

साविक एभरेष्ट इन्स्योरेन्सबाट ३ हजार १५६ र हिमालयन जनरल इन्स्योरेन्सबाट ३ हजार २९६ कोरोना कोरोना बीमा दाबी गरेर भुक्तानी पाउन बाँकी रहेका थिए । हाललाई भुक्तानी पाउन बाँकी एकल र पारिवारिक बीमालेख धारक दावीकर्ताहरु मध्ये एभरेष्ट इन्स्योरेन्सबाट ५५८ र हिमालयन जनरल इन्स्योरेन्सबाट १ हजार १४३ गरी कूल १ हजार ७०१ दाबीकर्तालाई मंसिर १३ देखि भुक्तानी गर्न सुरु गरिएको जनाएको छ ।

राष्ट्र सेवक कर्मचारी र संघ संस्थाले बीमा शुल्क तिरेर कोरोना बीमा गर्नेहरुलाई दोश्रो प्राथमिकतामा राखेको एभरेष्ट इन्स्योरेन्सले बताएको छ । बाँकी दाबीको भुक्तानीका लागि पुनः जानकारी गराईने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.