आदर्श लघुवित्तको सेयर फुकुवा, प्रतिकित्ता ३१८.७० मा कारोबार हुने

  २०७९ मंसिर १५ गते ६:५०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर फुकुवा गरेको छ । डिपोक्स लघुवित्त वित्तीय संस्थासँग मर्जर सम्झौता गरेका कारण रोक्का रहेको सेयर कारोबार फुकुवा भएको हो ।

लघुवित्तले मंसिर ११ गते पत्र पठाउदै कारोबार खुला गर्न नेप्सेलाई आग्रह गरेको थियो । सोही अनुसार नेप्सले आधारभुत सेयरधनी बाहेकका सेयरधनीहरुको कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार मर्जर सम्बन्धी प्रकृयामा रही सेयर कारोबार रोक्का रहेको लघुवित्तको सेयर कारोबार फुकुवा भएको नेप्सेले बताएको छ ।

आज बिहीबारदेखि लघुवित्तको सेयर कारोबार हुनेछ । नेप्सेमा लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३१८.७० रुपैयाँ रहेको छ । यहि मूल्यका आधारमा बिहीबारदेखि सेयर कारोबार खुल्नेछ ।

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई एक्वायर गत असोज १४ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । एक्वायरको प्रकृया सुरु गरेसँगै नेप्सेले असोज २३ गतेदेखि आदर्श लघुवित्तको सेयर कारोबार रोक्का गरेको थियो ।

हाल डिप्रोक्सको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ र आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.