सानिमा बैंकका ग्राहकलाई थप १४ ठाउँमा छुटको व्यवस्था

  २०७९ मंसिर १४ गते १६:५६     विकासन्युज

काठमाडाैं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टहरुसँग छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु खरिद गर्दा र सेवाहरु लिँदा विशेष छुट पाउने छन् ।

बैंकले कुलेश्वर चिकेन स्टेशन, गणपती पोलिक्लिनिक, द पनाछें विउटी स्टुडियो एण्ड ट्रेनिङ्ग सेन्टर, टाइमलेस मोमेन्टस् होटल, आवरण स्किन क्लिनिक, यारा बेकरी, कोर्डिस हेल्थ केयर क्लिनिक, केबिज पिज्जेरिया, द डेन्टिस्ट, तुसाल मल्टि भेन्यू, अन्नपूर्ण चिया हब, किंग्स प्यालेस, भक्तपुर इन्टरनेसनल हस्पिटल र जर्मन होम्स हस्पिटालिटी जस्ता १४ वटा विभिन्न मचेन्टहरुसँग २० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ । 

सानिमा बैंकको देशको सातै प्रदेशमा १३० वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.