वेस्टर्न युनियनको सुनपती अभियानमा रेविकाले पाइन् १० तोला सुन

  २०७९ मंसिर १४ गते १५:३२     विकासन्युज

काठमाडौं । वेस्टर्न युनियनको प्रतिनिधिद्वारा बम्पर विजेतलाई दस तोला सुन हस्तान्तरण गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा वेस्टर्न युनियनको प्रतिनिधि एटीटी रेमिटले श्रीमती रेविका सुनुवारलाई दस तोला सुन हस्तान्तरण गरेको छ ।

काठमाडौं बस्दै आएकी धरानकी रेविका सुनुवारले वेस्टर्न युनियनको सुनापती अभियानको बम्पर लक्की ड्रमा दश तोला सुन जितेकी हुन् ।

वेस्टर्न युनियनका प्रमुख एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.