नेपाल इको प्यानलको नयाँ डिलरशिप दाङमा

  २०७९ मंसिर १४ गते १३:५३     विकासन्युज

काठमाडौं । नेपाल इको प्यानलको नयाँं डिलरशिप दाङमा पनि थपिएको छ । न्यु मनकामना टेडर्स घोराही, दाङले डिलरशिपको जिम्मा पाएको हो ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवालले नयाँं डिलरशिप न्यु मनकामना ट्रेडर्स घोराही दाङका प्रोपाइटर दुर्गा रेग्मीलाई डिलरशिप प्रमाणपत्र वितरण गरे ।

न्यु मनकामना टेडर्स घोराही दाङले यसअघि विदेशबाट आयातित इको प्यानलहरुको डिलरशिप राखेर विक्रीवितरण गर्दै आएको थियो । आयातित इको प्यानलकै हाराहारी मूल्यमा नेपाल इको प्यानल आएकाले नेपाली प्यानलको पनि विक्रीवितरण सुरु गरेको उनले बताए । आयातित इको प्यानलहरुको जोडाईमा च्यानलको प्रयोग हुने तर नेपाल इको प्यानलको जोडाईमा आफनै एडिसिभ सिमेन्ट प्रयोग हुने भएकाले हेर्दा यो आकर्षक देखिने र मजबुद पनि हुने हुनाले यसको माग उच्च रहने विश्वास उनले व्यक्त गरे ।

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशनको रुपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री हो । हलुका, भूकम्पप्रतिरोधीलगायतका विशेषता कारण यो प्यानलको माग देशभरि रहँंदै आएको छ । यही मागलाई ध्यानमा राखी कम्पनीले दाङमा पनि थप डिलरशिप दिएको जनाएको छ । यसको मुख्य कार्यालय भने भक्तपुरको सल्लाघारीमा रहेको छ । कारखाना भने भक्तपुरकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.