शाखारहित बैंकिङ कारोबार कसरी गर्ने ?

  २०७९ मंसिर १४ गते १३:३१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शाखारहित बैंकिङमार्फत कारोबार गर्दा सर्वसाधारणलाई सजगत अपनाउन आग्रह गरेको छ । विभागले एक सूचना जारी गर्दै शाखारहित बैंकिङमार्फत कारोबार गरिसकेपछि विभिन्न कुरामा ध्यान दिन आग्रह गरेको हो ।

विभागले शाखारहित बैंकिङमार्फत कारोबार गर्दा ध्यानदिनु पर्ने ५ बुँदाहरु सार्वजनिक गरेको छ । पछिल्लो समय शाखारहित बैंकिङमा देखिएको केही समस्यालाई ध्यानमा राख्दै विभागले उक्त सूचना जारी गरेको हो ।

राष्ट्र बैंकबाट अनुमति पत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका बैक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराउन सक्ने व्यवस्था छ ।

यस्ता छन् कारोबार गर्दा ध्यान दिनु पर्ने विषय 

१. बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत् मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्दछ ।

२. सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत् मात्र गर्नुपर्दछ ।

३. कुनै पनि कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोबार बमोजिम भए नभएको यकिन गर्नुपर्दछ । साथै, विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनी) मार्फत् पनि आफूले गरेका कारोबारको यकिन गर्न सकिन्छ ।

४. शाखारहित बैंकिङ्ग कारोबारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोबार गरे बमोजिमको भए/नभएको बेला बेलामा बैंक खातामार्फत् समेत यकिन गर्नुपर्दछ । व्यक्तिगत सम्बन्धको आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए/नभएको तुरुन्त यकिन गर्नुपर्दछ ।

५. सेवा सञ्चालनका सम्बन्धमा केही सुझाव तथा गुनासो भएमा यस बैंकको फोन नं. ४४१५१५८ वा गुनासो सुनुवाइ गर्ने पोर्टल gunasao.nrb.org.np मार्फत् जानकारी गराउनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.