राष्ट्र बैंकले परिमार्जन गरेर पठायो मेगा बैंकको लाभांश

  २०७९ मंसिर १४ गते ९:२१     विकासन्युज

काठमाडौं । मेगा बैंकले घोषणा गरेको लाभांश परिमार्जन भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत अर्थात् ६४ करोड ४८ लाख १८ हजार ४५८.१३ रुपैयाँको बोनस सेयर र ३.८३ प्रतिशत अर्थात् ६१ करोड ७४ लाख १३ हजार ६७३.६६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर, राष्ट्र बैंकले ६१ करोड २ लाख ४३ हजार २८०..६६ रुपैयाँ स्वीकृत गरेर पठाएको हुँदा साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरुलाई वितरण गरिने बताएको छ । अब बैंकले ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.