कालिञ्चोक दर्शनको आईपीओ आजदेखि बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

  २०७९ मंसिर १४ गते ६:३४     विकासन्युज

काठमाडौं । कालिञ्चोक दर्शनको आईपीओ आहज मंसिर १४ गते, बुधबारदेखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १२ करोड रुपैयाँ अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला रेको हो । जसमध्ये २ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र सर्वसाधारणलाई छुट्याइएको १८ प्रतिशत अर्थात् १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानिय बासिन्दाहरुले अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम १० हजार ८ सय कित्तासम्म आवेदन दिन पाउनेछ ।

कम्पनीको आईपीओमा वैदेशिक रोजगारमा रहेकाहरु नेपाली तथा स्थानिय बासिन्दाहरुले मंसिर २८ गतेभित्र आवेदन दिनसक्नेछन् । यदि सो दिनभित्र पूर्ण आवेदन नपरेमा स्थानिय बासिन्दाहरुले पुस १४ गतेसम्म आवेदन दिन पाउने छैनन् । वैदेशिक रोजगारमा रहेकाहरु नेपालीहरुका लागि भने आवेदन दिने समय थप हुने छैन ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.