दैनिक एक सय जनालाई भुक्तानी गर्छौं, चेक लिन आउनुस् : राष्ट्रिय बीमा कम्पनी

  २०७९ मंसिर १३ गते १७:२२     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले दैनिक एक सय जनालाई कोरोना बीमाको दावी भुक्तानी गर्ने भएको छ । कम्पनीले मंसिर १३ गते मंगलबारदेखि अधिकतम सय जनालाई दावी भुक्तानी गर्न शुरु गरेको हो ।

कम्पनीले सर्वसाधारण (व्यक्तिगत) तर्फका बीमितहरुमध्ये कूल १८६३ जना बीमितलाई पहिलो प्राथमिकतामा राखेर दावी भुक्तानी गर्न लागेको हो । सो कार्यको लागि कम्पनीले १२७० लटसम्मको चेक तयार पारिसकेको समेत बताएको छ ।

यससँगै चेक बनिसकेको तर नलगेकाहरुलाई यथाशिघ्र चेक बुझिलिन कम्पनीले आग्रह गरेको छ । कम्पनीले मंगलबार आफ्नो वेवसाइटमा सूचना सार्वजनिक गर्दै ७७ जना बीमितलाई चेक लिन आग्रह गरेको छ ।

त्यस्तै, कम्पनीले १२७१ लटदेखि १५२७ लटसम्मका बीमितहरुको पनि विवरण सार्वजनिक गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.