‘एयर सेफ्टी’ को स्थलगत परीक्षणका लागि नेपाल आउँदै ईयुको टोली

  २०७९ मंसिर १३ गते ११:०९     विकासन्युज

काठमाडौं । नेपालको उडड्यन क्षेत्रको स्थलगत अध्ययन गर्न युरोपेली युनियन (ईयु) का प्रतिनिधि नेपाल आउने भएका छन् । सन् २०१३ देखि नेपाली वायुसेवा कम्पनीलाई कालोसूचिमा राख्दै आएको छ ।

नेपाली वायुसेवालाई २०७० मंसिरदेखि लगाएको निषेध (कालोसूची) को ‘अन–साइट’ मूल्यांकन गर्न युरोपियन कमिसनको टोली पुनः नेपाल आउन लागेका हुन ।

नेपालको हवाई सेवा प्रदायक तथा नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण र नेपालमा रहेको युरोपियन युनियन (ईयू) ले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै निकट भविष्यमै युरोपियन युनियनको टोली नेपाल भम्रण आउने जनाएका छन् ।

यसअघि असोज २० देखि २२ सम्म युरोपियन युनियन अन्र्तगतको असिस्टेन्ट मिसनले प्राधिकरण र केही वायुसेवामा भ्रमण तथा मूल्यांकन गरेको थियो । उक्त भ्रमणपछि लामो समयदेखि राखिएको कालोसूचि हट्ने विश्वास गरिएको थियो । तर कात्तिक २४ र २५ गते बेल्जियमको ब्रसेल्समा सम्पन्न सेफ्टी कमिटीको बैठक र उक्त बैठकपश्चात बुधबार सार्वजनिक गरिएको ईयू एयर सेफ्टी लिस्टबाट नेपाल अझै हटेको छैन ।

प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार केही महिनामै काठमाडौंमा आउने युरोपियन एभिएसन सेफ्टी एजेन्सीको महानिर्देशक डीजी मूभको नेतृत्व ईयुको टोली नेपाल आउनेछ् । उक्त टोलीले हवाई क्षेत्रको मूल्यांकन गर्ने प्रधिकरणले जनाएको छ ।

सन् २०१३ को जुलाईमा आइकाओकै अडिट टोलीले नेपालको वायु सेवा कम्पनीलाई दिइने सञ्चालन अनुमति पत्र दिँदा आइकाओको प्रक्रिया पूर्ण रुपमा परिपालन नभएको, अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनबाट प्रतिपादन गरेका उडान सुरक्षा मपदण्ड परिपालन नगरेकोलगायत अन्य सुरक्षाका विषय न्युन रहेको भन्दै नेपाललाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

आइकाओको रिपोर्टलाई आधारमा इयुले नेपालका सबै वायुसेवा कम्पनीलाई डिसेम्बर २०१३ देखि कालोसूचीमा राख्दै आएको छ । इयुले नेपाललाई कालोसूचीमा राखेका कारण नेपालका कुनै पनि विमानले युरोपेली परिषद् सदस्य रहेका मुलुकमा सिधा उडान गर्न पाएका छैनन् ।
सन् २०१७ मा आइकाओको अडिटले कालोसूचीबाट हटाएपनि युरोपियन युनियनले अझै नेपाललाई उक्त सूचीबाट हटाएको छैन ।

आइकाओको रिपोर्टलाई आधार बनाएर नेपालले इयु उड्डयन सुरक्षा समिति बैठकमा नेपाललाई कालोसूचीबाट हटाउन आग्रह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.