प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

  २०७९ मंसिर १३ गते १०:५५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकले लाभांशलाई स्वीकृत गरेको छ । बैंकको मंसिर १ गते बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरणका लागि प्रस्ताव गरेको थियो । सोही लाभांश स्वीकृतिका लागि पेश गरेकोमा नेपाल राष्ट्र बैंकले मंसिर १२ गते स्वीकृत गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश गरी कूल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हाल चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ ।

प्रभु बैंकको लाभांश घोषणा, यस्तो छ पाँच वर्षको इतिहास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.