नेपाल एसबिआई बैंकले डबल डिजिटमा घोषणा गर्याे लाभांश

  २०७९ मंसिर १३ गते १०:४१     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ८२ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद गरी कूल ९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा ३.५ प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरी कूल ५.३१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.