एनसीसी बैंकको कारोबार फुकुवा, मंगलबारबाट कारोबार हुने

  २०७९ मंसिर १३ गते ७:३४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) को कारोबार फुकुवा गरेको छ । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार फुकुवा गरेको हो ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । कारोबार फुकुवा भएसँगै बैंकको सेयर कारोबार मंगलबारदेखि दोश्रो बजारमा हुनेछ ।

कुमारी बैंक र एनसीसी बैंकबीच गत असोज १० गते, सोमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । मर्जर सम्झौता भएको दोस्रो दिनदेखि बैंकको सेयर कारोबार रोक्का रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.