सेन्चुरी बैंकको सेयर कारोबार खुल्ला

  २०७९ मंसिर ११ गते १७:४२     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेन्चुरी कमर्शियल बैंकको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार फुकुवा गरेको जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम बैंकको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

प्रभुसँग मर्जरमा जाने सम्झौता गरेपछि नेप्सेले सेन्चुरी र प्रभु दुवैको सेयर रोक्का गरेको थियो ।

दोस्रो बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता १९३ रुपैयाँ रहेको छ । सोही मूल्यका आधारमा सोमबारदेखि सेन्चुरी बैंकको बजारमा कारोबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.