हुन्डाई टेस्ट ड्राइभका विजेताहरू विश्वकप हेर्न कतार उडे

  २०७९ मंसिर ११ गते १८:५९     विकासन्युज

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ । नयाँपाल बहादुर पाण्डे अभियानकाे विजेता घाेषित भएका छन् । उनले विश्व कप फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने छन् ।

यसैगरी, कम्पनीले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्वकप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई कतारका लागि बिदाइ गरेको छ ।

हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अवधिभर नेपालभरका ड्राइभिङ लाइसेन्स भएका जो कोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने अवसर दिइएको थियो ।

यसरी सहभागी भएका हजारौं ग्राहकहरू मध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का भाग्यशाली विजेता चुनिएका छन् । दुवै विजेताहरू आफूलाई मन पर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरिसकेकाे कम्पनीले जानकारी दिएकाे छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.