नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश पारित

  २०७९ मंसिर ११ गते १०:५२     विकासन्युज

काठमाडौ‌ं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश पारित भएको छ । बैंकको चौथौं साधारणसभाले सेयरधनीको प्रस्तावित लाभांश पारित गरेको हो । बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५५ ले हुने रकम ९० करोड ९४ लाख ६८ हजार नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७८/७९ कोे वित्तीय विवरणहरु सहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव एवं आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालिन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनाहरुमा लगानिको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ स्थापित यस बैंक हाल संचालनको चौँथो वर्षमा रहेको छ ।

आ।व, २०७८/७९ सम्म बैंकले  ३२ अर्ब ८९ रुपैयाँको कर्जा स्वीकृत गर्दै १५ अर्ब ५८ करोड रुपैयाँ बरबरको कर्जा प्रवाह गरेको र  सोही अवधिमा बैंकले  १ अर्ब २ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

सभामा बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालका साथै सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, शंकर प्रसाद अधिकारी,सुमन पोखरेल, लिमा अधिकारी आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.