प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य

  २०७९ मंसिर ८ गते ११:०८     विकासन्युज

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० मा कारोबार भएको सुन एक हजार रुपैयाँले बढेर ९७ हजार ८०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले बढेर एक हजार ३०५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.