अत्याधिक महत्वकांक्षाले अशान्ति निम्त्याउँछ, खुसीका लागि साना लक्ष्य तय गर्नुहोस्

  २०७९ मंसिर ६ गते १६:१४     विकासन्युज

एजेन्सी । ८ घण्टाको जागिरमा १२/१५ घण्टा समय बित्छ, परिवार र आफन्तका लागि समय हुँदैन । धेरै इच्छाहरु पनि पूरा हुँदैनन् । आफ्नो महत्वकांक्षा पूरा गर्न नसकेमा अति महत्वाकांक्षाको शिकार बन्न सक्छ मान्छे । यस्ता व्यक्तिहरूले व्यावसायिक सफलताको लागि मानसिक शान्ति र शारीरिक स्वास्थ्य दुवै गुमाउन सक्छन् ।

गत अक्टोबरमा अमेरिकामा मानसिक स्वास्थ्यसम्बन्धी अमेरिकी सर्जन जर्नलको प्रतिवेदनमा धेरैजसो अमेरिकीहरूले पछिल्लो समयमा व्यावसायिक सफलताको हतारले जीवन बिगारिरहेको महशुस गरेको कुरा उल्लेख गरिएको छ । कोरोना महामारीपछि मानिसको कामप्रतिको सोचमा परिवर्तन आएको छ । ठुलो लक्ष्यको पछि दौडनु र आफ्नो परिवारलाई बिर्सनुको सट्टा जीवनमा साना लक्ष्यहरू तय गर्नु उत्तम हुने उक्त जर्नलमा उल्लेख गरिएको छ । साना लक्ष्यहरुमा सफलता प्राप्त गर्दै जाँदा मानिसलाई आनन्द महशुस हुनसक्छ ।

काम रुचीले गर्नुहोस, पुरस्कार पाउने आशाले होइन

अनुसन्धानले भन्छ कि कुनै चीजको लागि पुरस्कार, जस्तै नगद पुरस्कारको पछाडि लागेर काम गर्दा त्यसले उक्त कामप्रतिको आन्तरिक प्रेरणालाई मार्ने सम्भावना रहन्छ । उदाहरणका लागि यदि कुनै एपले साइकल चलाउनको लागि पुरस्कार दिइरहेको छ र साइकल चलाउनु तपाईंको शोंख छ, पुरस्कारका कारण भने बिस्तारै तपाईंले यसमा रुचि गुमाउनुहुनेछ।

विकाससँगै शान्ति पनि हुनुपर्छ
अनुसन्धानमा संलग्न समूहका जर्ज भन्छन्, जीवनमा प्रगति आवश्यक छ। अगाडि बढ्ने प्रयास जारी राख्नु पनि जरुरी छ । नयाँ कुरा सिक्नुहोस् तर विशेष काम वा तलब वा स्थानलाई प्रगतिको रूपमा लिने सोचमा परिवर्तन गर्नुपर्छ, तपाईंको क्षमताले नै विकास र शान्ति सम्भव छ भन्ने कुरालाई मान्न जरुरी छ ।

आफ्नो परिवार र सम्बन्धलाई महत्व दिनुपर्छ
रायन भन्छन्, ‘व्यावसायिक जीवनका उपलब्धिहरू बाँड्नका लागि सम्बन्ध पनि आवश्यक हुन्छ ।’ त्यसैले परिवारलाई समय दिनुहोस्। टाढा भएकाहरूलाई बोलाउनुहोस्। तिनीहरूलाई थाहा दिनुहोस् कि तपाईंले तिनीहरूको ख्याल राख्नुहुन्छ। पारिवारिक सम्बन्ध बिगारेर प्राप्त गरिने सफलताले मानसिक तनाव मात्र दिनेछ।

पदोन्नति र तलबको लागि काम नगर्नुहोस्
अनुसन्धानले देखाउँछ कि तपाईंले आफ्नो काम पूरा गर्नमा ध्यान दिनुपर्छ । त्यसो गर्दा कामबाट हुने उपलब्धिले तपाईलाई सन्तष्टि प्राप्त हुन्छ । तर, बढुवा वा तलब बृद्धिको काम सकेर पनि तपाईंले सन्तुष्टि प्राप्त गर्न सक्नुहुन्न ।

ध्यान गर्नुहोस्
विभिन्न अनुसन्धानले देखाएको छ कि दैनिक ध्यान गर्ने मानिसहरू आफैंमा धेरै सन्तुष्ट हुन्छन्। यस्ता व्यक्तिले सहजै प्रगति हासिल गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.