काठमाडौंका यी तीन क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, कुनमा कसको सम्भावना ?

  २०७९ मंसिर ५ गते १३:३२     विकासन्युज

काठमाडौं । काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा पनि राष्ट्रि स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । मतगणना सुरु भएका काठमाडौंका पाँच निर्वाचन क्षेत्रमध्ये तीनवटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता लिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काठमाडौं क्षेत्र नम्बर ६, ७ र ८ मा अग्रता लिएका हुन् । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले प्रतिस्पर्धीहरुलाई पछि पारेका छन् । काठमाडौं–१ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम तेस्रो स्थानमा छन् ।

काठमाडौं–४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन् र यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पनि छैनन् । अहिले काठमाडौं १, ४, ६, ७ र ८ मा मतगणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.