दार्चुलामा हवाई फायर, मतदान स्थगित

  २०७९ मंसिर ४ गते १४:३४     विकासन्युज

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ । हवाई फायरपछि मतदान रोकिएको छ । मतदान सञ्चालनका लागि पहल भइरहेको प्रहरीले जनाएको छ ।

मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको समान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो ।

त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.