केपी ओली भन्छन् : मंसिर १५ गतेपछि एमालेको बहुमतको सरकार बन्छ

  २०७९ मंसिर ४ गते १३:३७     विकासन्युज

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मन परेको पार्टीमा मतदान गर्न आह्वान गरेका छन् ।

अध्यक्ष ओलीले आईतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति मा।वि।को मतदान केन्द्रबाट मतदान गर्दै उहाँले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी गरे ।

अध्यक्ष ओलीले आगामी मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने र त्यो नभए एमालेसँग साझेदार गरेका दलहरुसँग मिलेर सरकार बनाउने बताए । ‘नेकपा एमालेले बहुमत ल्याउने र बहुमत नआएको खण्डमा एमालेसँग सहकार्य गरेका दलहरुको सरकार बन्नेछ, शान्तिपूर्ण रुपमा, निर्वाध रुपमा निर्वाचन सम्पन्न हुनेमा विश्वस्त छु,’ उनले भने ।

अध्यक्ष ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । अध्यक्ष ओलीले भोट हालेको क्षेत्रमा भने नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवराका रुपमा एमाले नेता महेश बस्नेत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.