देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारलाई जिताउनुस् : अध्यक्ष गोल्छा

  २०७९ मंसिर ४ गते १२:०९     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गरेका छन् ।उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला मा.वि.स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे । उनले देशमा समृद्धि ल्याउनसक्ने विश्वास बोकेकाहरुलाई जिताउन आवश्यक रहेको बताए । अध्यक्ष गोल्छाले मतदानको अधिकार संविधानले दिएको नैतिक र कानूनी जिम्मेवारी भएकाले सबैले आफ्नो अधिकारको प्रयोग गर्न अनुरोध गरे ।

उनले भने, ‘जसले यो देशलाई अघि बढाउन सक्छ, जसले देशमा समृद्धि ल्याउनसक्छ र जोसँग विश्वास छ, जसले यो देशलाई राम्रो दिशा दिनसक्छ, त्यसैलाई भोट दिऔँ । यो हाम्रो नैतिक जिम्मेवारी पनि हो । कानूनी जिम्मेवारी पनि हो । संविधानले दिएको अधिकारबाट कोही पनि वञ्चित हुनु हुँदैन ।’

अध्यक्ष गोल्छाले देशलाई परिवर्तन गर्नसक्ने नेतृत्वको चयनका लागि सबै उपस्थित भएर मतदान गर्न आग्रह गरे । आज एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । आज बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.