अजोड इन्स्योरेन्सले गर्याे अधिकांश सूचकमा प्रगति, नाफा र बीमा शुल्क बढायो

  २०७९ कार्तिक ३० गते ७:२९     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १५ प्रतिशत बढेर १ करोड २७ करोड लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ६७ प्रतिशत बढेर १७ करोड ३३ लाख रुपैयाँ आर्जन गरेका छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क ४ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ , गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ, जगेडा कोष १६ करोड ३१ लाख रुपैयाँ, बीमा कोष १७ करोड ७३ लाख रुपैयाँ र महाविपत्ती कोष १ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्ममा कम्पनीले ८ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ६१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८८.१८ गुणा छ ।

कम्पनीका अभिकर्ता कमिशन ९८ लाख रुपैयाँ र ब्यवस्थापन खर्च ७ करोड ७ लाख रुपैयाँ गरेको छ । लगानी, कर्जा तथा अन्य आम्दानी १ करोड १३ लाख रुपैयाँ र पुनर्बीमा कमिशन आम्दानी ५ करोड ७१ लख रुपैयाँ रहेको छ । असोज मसान्तसम्म ५ हजार ८१८ दाबीबापत १ अर्ब ७७ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.