प्रभु लाइफले गर्याे ४६९ प्रतिशत दाबी भुक्तानी, नाफा सहित अधिकांश सूचकमा बलियो बन्दै

  २०७९ कार्तिक ३० गते ६:०३     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २.४४ प्रतिशत बढेर ३ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ७.९३ प्रतिशत घटेर ५१ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ६३ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो ।

तीन महिनाको अवधिमा कम्पनीको कुल बीमा शुल्क ६ अर्ब १७ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद दाबी ४६८.९३ प्रतिशत बढेर २१ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ, जगेडा कोष २४ प्रतिशत बढेर ५२ करोड ७५ लाख रुपैयाँ, जीवन बीमा कोष ४०.६६ प्रतिशत बढेर ३ अर्ब २४ करोड र महाविपत्ती कोष ३ कोड ८४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेट्वर्थ १२८ रुपैयाँ ३० पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.