प्रतिकित्ता १ सय रुपैयाँमा राधी विद्युतको १३ लाख कित्ता सेयर बिक्रीमा

  २०७९ कार्तिक २८ गते ८:४४     विकासन्युज

काठमाडौं । राधी विद्युत कम्पनीले अवितरित हकप्रद सेयर मंगलबारदेखि बिक्री खुला गर्ने भएको छ । कम्पनीले  कात्तिक २९ गते मंगलबारदेखि लिलामी मार्फत १३ लाख बढी कित्ता सेयर बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि निष्कासन गरी बिक्री नभएको १३ लाख ५ सय २७ कित्ता सेयर लिलामी मार्फत बिक्री गरेको हो । कम्पनीले सेयरधनीहरुका लागि असोज ६ गतेदेखि असोज २५ गतेसम्म ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रदमा रितपूर्वक आवेदन दिने ३८ हजार ५ सय ५ जना सेयरधनीलाई ८२ लाख ३५ हजार २ सय ३३ कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको १३ लाख ५ सय २७ कित्ता सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीले खुल्ला गर्न लागेको लिलामी सेयरमा लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आवेदन बोलपत्र पेश गर्दा न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

कम्पनीको उक्त सेयरमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीको उक्त सेयरमा काठमाण्डौको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, विराटनगर, इलाम, बिर्तामोड, वीरगन्ज, जनकपुर, नारायणगढ, हेटौँडा, पृथ्वीचोक (पोखरा), बागलुङ, बुटवल, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट पेश गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.