तपाईको खातामा नबिल व्यालेन्स्ड फण्ड २ र इक्वीटी फण्डको लाभांश आयो ?

  २०७९ कार्तिक २८ गते ८:३२     विकासन्युज

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले सञ्चालन गरिरहेका दुई वटा म्युचुअल फण्डको लाभांश इकाईधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन रहेका नबिल व्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डको प्रतिफल हितग्राही खातामा जम्मा गरिदिएको हो ।

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन रहेका नबिल व्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७८÷७९ को लागि इकाईधनीहरूलाई कर सहित ७ प्रतिशत र ५ प्रतिशतका दरले प्रतिफल वितरण गरेको थियो ।

कम्पनीले प्रतिफल वितरण प्रयोजनार्थ गत कात्तिक १८ गते बुक क्लोज गरेको थियो । त्यसैले अघिल्लो दिनसम्म अर्थात मिति कात्तिक १७ गतेसम्म कायम इकाईधनीहरूलाई आफ्नो हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरूको बैंक खातामा उक्त प्रतिफल जम्मा गरिएको जनाएको छ । साथै कम्पनीले इकाईधनीहरूले आफ्नो बैंक खातामा प्रतिफल जम्मा भए नभएको यकिन गर्न आग्रह गरेको छ ।

साथै हालसम्म इकाई प्रमाणपत्र अभौतिकिकरण नगराएका इकाईधनीहरूले इकाई प्रमाणपत्र अभौतिकिकरण गराई हितग्राही खाता रहेको निक्षेप सदस्यकोमा सम्पर्क गरी हितग्राही खातामा बैंक खाता र प्यान नं. समेत अद्यावधिक गराउन हुन आग्रह गरेको छ ।

इकाई धितो राखेका इकाईधनीहरूको हकमा भने प्रतिफल प्राप्त गर्नको लागि सम्बन्धित बैंक र वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.