ज्योति लाइफको चमत्कार, नाफा १३३ प्रतिशत बढाउँदा ईपीएस ३५.३८ रुपैयाँ

  २०७९ कार्तिक २५ गते ८:१६     विकासन्युज

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १३३.२८ प्रतिशत बढेर २१ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क १६ प्रतिशत बढेर ९१ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७९ करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

असोज मसान्तसम्मको तथ्याङ्क अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन १५.५१ तिशत बढेर ९४ करोड ४६ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८१ करोड ७८ लाख २६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३९ प्रतिशत बढेर ७ करोड ४६ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेर २ अर्ब ४२ करोड रुपैयाँ, जगेडा कोष ५६.६९ प्रतिशत बढेर १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ, महाविपत्ति कोष ७९.५५ प्रतिशत बढेर १ अर्ब ४० करोड ८ लाख रुपैयाँ र जीवन बीमा कोष ५४.९५ प्रतिशत बढेर ७ अर्ब ४ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ३५.३८ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १४८.३२ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.