लघुवित्तको नाफा ३४ प्रतिशत घट्यो, ३ लघुवित्त नोक्सानीमा हुँदा ४ को बढ्यो

  २०७९ कार्तिक २४ गते ११:५४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा १८ वटा लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्तहरुको नाफा ३३.८४ प्रतिशत घटेको छ ।

असोज मसान्तसम्ममा १८ वटा लघुवित्तहरुले ६१ करोड १५ लाख ८९ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तहरुले ९२ करोड ४४ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष लघुवित्तहरुको ३३.८४ प्रतिशत नाफा घटेको हो ।

तीन महिनाको अवधिमा वटा लघुवित्तको नाफा बढेको छ भने अन्य सबै लघुवित्तको नाफा घटेको छ । उपकार लघुवित्तको ३.८९ प्रतिशत, छिमेक लघुवित्तको ५३.७१ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ६१.७९ प्रतिशत र नेष्डो समृद्ध लघुवित्तको ११.३० प्रतिशत नाफा बढेको हो ।

यस्तै, समिक्षा अवधिमा विभिन्न तीन वटा लघुवित्त संस्थाहरु नोक्सानीमा छन् । जसमध्ये ग्रामीण विकास लघुवित्त १ करोड १८ लाख रुपैयाँ, गुराँस लघुवित्त ६० लाख २२ हजार रुपैयाँ र युनिक नेपाल लघुवित्त २२ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा छन् ।

हालसम्म समीट लघुवित्तको ५२.८१ प्रतिशत, एनआइसी एशिया लघुवित्तको ६८ प्रतिशत, आँधिखोला लघुवित्तको ७८.७१ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ५८.१४ प्रतिशत, सिभिल लघुवित्तको ४९.४९ प्रतिशत, सिवाईसी नेपाल लघुवित्तको ४४.७२ प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ६९.४५ प्रतिशत, कालिका लघुवित्तको ७२.५७ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ५५ प्रतिशत, आशा लघुवित्तको ६३.७४ प्रतिशत र आदर्श लघुवित्तको ४७.८३ प्रतिशत नाफा घटेको छ ।

‘लघुवित्तको ब्याज बैंकको भन्दा सस्तो छ, नेपालमा ३० वटा माइक्रोफाइनान्स भए पुग्छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.