पाँच वर्ष पुरानो लाभांश लिन नेरुडे लघुवित्तको आग्रह, ३५ दिन भित्र नलिए कोषमा जाने

  २०७९ कार्तिक २३ गते ८:३९     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तिय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन आग्रह गरेको छ । लघुवित्तका विभिन्न साधारणसभाबाट पारित भएको लाभांश लिन आग्रह गरेको हो ।

लघुवित्तको आर्थिक बर्ष २०६६/६७ देखि आर्थिक वर्ष २०७२/७३ सम्म (पाँच वर्षभन्दा) पुरानो नगद लाभांश कतिपय सेयरधनीहरुले बुक्रिलिन बाँकी रहेकाले लिन आग्रह गरेको हो ।

लघुवित्तले सूचना प्रकाशित भएको ३५ दिन भित्र उक्त लाभांश लिन आग्रह गरेको हो । सूचना प्रकाशित मितिले ३५ दिनसम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८३६ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्न प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

सेयरधनीहरुले लघुवित्तको सेयर राजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङको कार्यालय काठमाण्डौमा सम्पर्क गरी लिन आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.