स्वास्थ्य विज्ञानमा नयाँ विकास : पहिलो पटक प्रयोगशालामा बनेको रगत मानिसमा चढाउन सफल

  २०७९ कार्तिक २२ गते १४:३५     विकासन्युज

एजेन्सी । विश्वमा पहिलो पटक प्रयोगशालाबाट उत्पादन भएको रगत मानिसलाई ट्रान्सफ्युज गरिएको छ । बेलायतमा गरिएको क्लिनिकल परीक्षणमा यो सफलता हासिल भएको हो । क्याम्ब्रिज र ब्रिस्टल युनिभर्सिटीलगायत धेरै संस्थाका वैज्ञानिकहरू यस परीक्षणमा संलग्न रहेका थिए। विज्ञहरू भन्छन् कि यसले रक्त विकार र दुर्लभ रक्त समूह भएका मानिसहरूको उपचारमा मद्दत गर्नेछ।

कसरी बनाइयो कृत्रिम रगत ?
प्रयोगशालामा रगत बनाउने यस प्रक्रियामा रातो रक्त कोशिकाहरूमा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। रक्तकोषिकाले फोक्सोबाट अक्सिजन लिएर शरीरको हरेक भागमा पुर्‍याउने काम गर्दछ । वैज्ञानिकहरूले पहिले व्यक्तिमार्फत थोरै मात्रामा रगतको डोनेसन गराउँछन् । यसको मात्रा लगभग ४७० एमएल मात्रै हुन्छ ।

यसपछि ती स्टिम सेलहरूलाई चुम्बकको माध्यमबाट अलग गरिन्छ, जुन रातो रक्त कोशिका बन्न सक्छ। स्टिम सेलहरू बोनम्यारोमा पाइन्छन्, जसबाट रगतका तीन महत्त्वपूर्ण कोशिकाहरू ( रातो रक्त कोशिका, सेतो रक्त कोशिका र प्लेटसहरु बन्दछन् ।

त्यसपछि अर्को चरणमा वैज्ञानिकहरूले प्रयोगशालामा ठूलो संख्यामा स्टिम सेलहरूको संख्यालाई वृद्धि गर्छन् । त्यसपछि यी रातो रक्त कोशिकाहरूमा रूपान्तरण हुनको लागि निर्देशित गरिन्छ । यसको सम्पूर्ण प्रक्रिया लगभग ३ हप्ता जति समय लाग्छ । यस अवधिमा ५ लाख स्टिम सेलबाट ५० अर्ब रातो रक्त कोशिका बन्छन् । सो संख्या मध्ये १५ अर्ब रातो रक्त कोशिकालाई छनोट गरिन्छ, जुन मानिसमा प्रत्यारोपण गर्नको लागि योग्य हुन्छ ।

रगतमा रहेको रेडियोधर्मी पदार्थ
अनुसन्धानले बताएअनुसार अनुसन्धानमा अहिलेसम्म २ जना मानिसलाई समावेश गरिएको छ । यद्यपि सम्पूर्ण परीक्षण १० स्वस्थ व्यक्तिहरूमा गरिनेछ। उनीहरुलाई ४ महिनाको अन्तरालमा ५ देखि १० एमएलको दुईवटा रक्तदान दिइनेछ । तीमध्ये एउटा सामान्य रगत र अर्को प्रयोगशालामा बनाइने रगत हुनेछ । प्रयोगशालाको रगतमा रेडियोधर्मी पदार्थ पनि छ, जसबाट यसको कार्यसम्पादन ट्रयाक गरिनेछ।

रातो रक्त कोशिकाको आयु १ सय २० दिन हुन्छ

सामान्यतया रातो रक्त कोशिकाहरू शरीरमा १ सय २० दिनसम्म रहन्छ। यस पछि नयाँ सेल्सले सो ठाउँ लिन्छ। सामान्य रक्तदानमार्फत प्राप्त हुने रगतमा नयाँ र पुरानो रातो रक्त कोशिकाहरू हुन्छन्। तर प्रयोगशालामा बनाइएका रक्त कोशिकाहरू पूर्णतया नयाँ मात्रै हुन्छन्। त्यसैले वैज्ञानिकहरूले प्रयोगशालाबाट बनाइएको रक्तकोशिकाले शरिरमा पूर्ण रुपमा १ सय २० दिनसम्म काम गर्ने अपेक्षा गरेका छन् । जसका कारण भविश्यमा अहिलेको तुलनामा कम रक्तदान भए पुग्ने अनुमान गर्न सकिन्छ ।

नयाँ रगतको मूल्य कति पर्ला ?
बेलायतको नेशनल हेल्थ सर्भिस ब्लड एण्ड ट्रान्सप्लान्टका अनुसार औसत रक्तदानको लागत १४५ युरो वा १३,६६६ रुपैयाँ पर्छ। प्रयोगशालामा तयार हुने रगतको मूल्य योभन्दा बढी हुनेछ । यस प्रविधिको अहिलेसम्म कुनै मूल्य तोकिएको छैन तर प्रविधिको विकाससँगै यसको लागत घट्दै जान सक्नेछ । भास्कर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.